images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्काविरुद्ध...

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्काविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक खड्काविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै

images
images
मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • काठमाडौँ । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध दायर भ्रष्टाचार मुद्दामा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।२०८० असार १५ गते विशेष अदालतले खड्कालाई अकूत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो असुल गर्ने र सोही बराबर जरिवाना गर्ने फैसला सुनाएको थियो। त्यससँगै उनका घरजग्गा, सेयर, नगद तथा बैंक मौज्दात जफत गर्ने आदेश दिएको थियो।

    images
    images

    विशेष अदालतले खड्काले सम्पत्ति श्रीमती शर्मिला खड्का र अमिता सोदेम्बाको नाममा लुकाएको ठहर गर्दै तीन कित्ता घरजग्गा समेत जफत गर्ने आदेश दिएको थियो।विशेषको निर्णयविरुद्ध खड्काले २०८१ फागुन २२ गते र नेपाल सरकारले २०८० चैत १२ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। दुवै पुनरावेदनलाई एकैसाथ राखेर सर्वोच्चले सुनुवाइ गर्न पेसी तोकेको हो ।विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम संग्रौला र डा. खुसीप्रसाद थारुको इजलासले खड्कालाई गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै एक वर्ष तीन महिना कैद सजायसहित बिगो असुल र जरिवाना गर्ने फैसला सुनाएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend