images

२०८३ आश्विन २ गते

images
images
images

नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

नेपाल प्रहरीद्वारा नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

images
images
शुक्रवार, पौष १८ २०८२
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सम्मान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा बसन्तपुरमा सम्पन्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो ।नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दरबारमार्गस्थित प्रहरी कार्यालयको पुनःसम्भार तथा पुनःस्थापनामा नेपाल लाइफले गरेको सहयोगको कदरस्वरूप सम्मान प्रदान गरिएको हो । कदरपत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका थिए ।

    images
    images

    दरबारमार्गको प्रहरी कार्यालय निर्माणका लागि नेपाल लाइफले १७ लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउँदै अपराध नियन्त्रण, अनुसन्धान, नागरिक सुरक्षा, सामाजिक सद्भाव तथा अमन–चयन कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकामा कम्पनीले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कदरपत्र प्रदान गरिएको हो ।यसअघि पनि कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको थियो । त्यसैगरी, काठमाडौंको बसपार्कस्थित प्रहरी कार्यालयमा खानेपानी तथा शौचालय निर्माणका लागि ६० हजार रुपैयाँ सहयोग गरेको थियो भने जिल्ला प्रहरी कार्यालय कास्कीलाई कार्यसम्पादन चुस्त, दुरुस्त तथा प्रविधिमैत्री बनाउन पाँच थान कम्प्युटर उपलब्ध गराएको थियो ।

    गत भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शन तथा आन्दोलनका क्रममा देशभर सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि आर्थिक, सामाजिक तथा भौतिक रूपान्तरणका लागि सहयोग निरन्तर रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend