कारकास । भेनेजुएलाका सुरक्षा बलले कम्तीमा पाँच अमेरिकीहरूलाई हिरासतमा लिएको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध दबाब अभियान चलाइरहँदा दुई देशबिचको सम्बन्ध झनै चिसिइरहेको छ ।यस्तोमा त्यहाँ अमेरिकीहरू पक्राउ पर्ने क्रम बढेको यस मामिलासँग परिचित एक अमेरिकी अधिकारीले बताए छ ।
व्यक्तिअनुसार मामिला फरक हुन सक्ने र केही लागूपदार्थ तस्करीमा संलग्न हुन सक्ने अधिकारीले बताएका छन् । भेनेजुएलामा पक्राउ पर्ने समयमा ती अमेरिकीहरूले के गरिरहेका थिए भन्ने बारे अमेरिकी अधिकारीहरूले जानकारी सङ्कलन गरिरहेको बताइएको छ ।
अमेरिकासँगको मोलमाेलाईमा आफ्नो पल्ला भारी बनाउन मादुरो सरकारले अमेरिकीहरूलाई हिरासतमा राखेको ठानिएको छ । अमेरिकाले यतिबेला मदुरोविरुद्धको दबाब अभियानअन्तर्गत लागूपदार्थ बोकेका जहाजहरूमा आक्रमण गर्ने, भेनेजुएलाको बन्दरगाहमा हमला गर्ने, तेल विक्रीमा नाकाबन्दी लगायतका कारबाही हालैका महिनामा तीव्र पारिरहेको छ ।




.gif)





