images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • रेशम चौधरीको आम माफीविरुद्धको मुद्दामा आज...

रेशम चौधरीको आम माफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

रेशम चौधरीको आम माफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

images
images
सोमवार, पौष २१ २०८२
सोमवार, पौष २१ २०८२
  • काठमाडौँ ।  टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको माफी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको हो ।रेशमले माफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकी थिइन् । उक्त मुद्दामा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो ।

    images
    images

    सरकारका विभिन्न निकायले साउन ८ भित्रै सर्वोच्चमा लिखित जवाफ पेस गरेका थिए, तर लिखित जवाफ पेस भएपछि भने अहिलेसम्म सुनुवाइको पालो नै आएको छैन । कारण देखाऊ आदेशपछि यो मुद्दामा दुई वर्षसम्म सुनुवाइ हुन सकेको छैन । त्यसपछि दुई पटक इजलासमा पुगेको यो मुद्दाको सुनुवाइ २०८० पुस १६ गते एक पटक स्थगित भएको थियो ।  त्यसको एक वर्षपछि २०८१ माघ २७ गते यो मुद्दाको सुनुवाइका लागि पेसी तोकेर पनि बेन्च बस्न सकेन । अब यो मुद्दाको पेसी मङ्सिर २५ गतेका लागि तोकिएको छ । त्यस दिन पनि सुनुवाइ हुन्छ कि हुन्न भन्ने अनिश्चित छ । यो मुद्दामा हालसम्म १३ वटा पेसी तोकिएकोमा २०८१ असार ६ गते साप्ताहिक पेसी सूचीबाट हटाइएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend