वासिङ्टन डीसी । भेनेजुएलामाथि ट्रम्प प्रशासनको कारबाही पछि त्यहाँको भविष्य के होला भन्ने चिन्ता यतिबेला विश्वभर छाइरहेको छ । मादुरोलाई अपहरण गरेर अमेरिका लगेका ट्रम्प भेनेजुएलाका अन्तरिम राष्ट्रपतिलाई समेत आफूले भनेको नमाने मादुरोको जस्तै हालत होला भनेर धम्की दिइरहेका छन् । मादुरोको सरकारलाई ढालेपछि ट्रम्पले भेनेजुएला अब अमेरिकाले चलाउने अभिव्यक्ति दिएका थिए ।तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार अमेरिकाले भेनेजुएलामा तेल क्वारन्टिन मात्रै लागू गर्ने तर शासन नचलाउने अभिव्यक्ति दिएका छन् । भेनेजुएलामा सरकार परिवर्तन गराउँदा अमेरिका अर्को लामो विदेशी हस्तक्षेप वा राष्ट्र निर्माणको असफल प्रयासमा पुग्ने हो कि भन्ने चिन्ता कम गर्न रुबियोको यो भनाइ आएको जस्तो देखिएको छ ।
उनको यो धारणा ट्रम्पको धारणाभन्दा ठिक उल्टो छ । अमेरिकाले कम्तिमा पनि अस्थायी रूपमा भेनेजुएलामा शासन चलाउने ट्रम्पको भनाइ थियो । ट्रम्पले आइतबार राति पनि आफ्नो अभिव्यक्ति दोहो¥याउँदै भेनेजुएलाको शासन अमेरिकाको हातमा रहेको बताएका थिए । उता, भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले ट्रम्पलाई नयाँ मेलमिलापपूर्ण अडानमा सहयोग गर्न आमन्त्रित गरेकी छिन् ।‘हामी यसलाई चलाउनेछौँ, यसलाई ठिक गर्नेछौँ,’ ट्रम्पले फ्लोरिडाको मार–ए–लागो सम्पत्तिबाट वाशिंगटन जाँदै गरेको एयर फोर्स वनमा भेनेजुएलाबारे भनेका थिए ।
केही घण्टाअघि रुबियोले भने अमेरिकाले शनिबार बिहान मादुरोलाई सत्ताबाट हटाउनुअघि स्वीकृत ट्याङ्करहरूमा पहिले नै रहेको तेल क्वारेन्टाइन लागू गरेको र भेनेजुएलाको नीति परिवर्तनलाई दबाब दिन त्यो लाभ प्रयोग गर्ने बताएका थिए ।




.gif)





