images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • खोटाङमा एक लाख ४७ हजार १२०...

खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

images
images
मंगलवार, पौष २२ २०८२
मंगलवार, पौष २२ २०८२
  • खोटाङ, २२ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा पुरुष ७७ हजार ६५६ र महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् । 

    images
    images

    Jatiya Nmuna Ghar.jpg

    जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदाता छन् भने सबैभन्दा कम  साकेला गाउँपालिकामा आठ हजार ६४५ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रविन मगरले जानकारी दिनुभयो ।

    images
    images

    जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ जना मतदातामध्ये ८१० जनाले अन्तर जिल्ला मतदान केन्द्र कायम गरेका निर्वाचन अधिकारी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मतदाता नामावली दर्ता गर्ने तथा पुरानाको अद्यावधिक गर्दा जिल्लामा यसअघि कायम भएकामा थप एक हजार ८८१ जना नयाँ मतदाता थपिएको छन् । 

    प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि सङ्घीय सरकारले मुख्य निर्वाचन अधिकृतसमेत खटाइसकेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend