images

२०८३ आश्विन २ गते

images
images
images

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • पोखरा, २३ पुस । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ।

    images
    images

    नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अवार्ड कार्यक्रम पहिलो पटक काठमाडौँ बाहिर आयोजना हुन लागेको हो। अवार्ड कार्यक्रमको पूर्वसन्ध्यामा मङ्गलबार पोखरामा स्पोर्ट्स समिट आयोजना गरिएको थियो। एनएसजेएफ एकेडेमीको आयोजनामा सम्पन्न समिटमा खेल पर्यटन र खेल अर्थतन्त्रका विषयमा छलफल गरिएको थियो।

    मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू निकै उत्साहित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको छ। सुरुमा मोफसलमा अवार्ड आयोजना गर्दा चुनौती हुने अनुमान गरेका थियौँ, तर पोखरामा आएपछि चुनौतीभन्दा बढी अवसर देख्यौँ। अब पोखरा राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड कार्यक्रमको गन्तव्य बन्नेछ भन्ने विश्वास छ।”

    images
    images

    एनएसजेएफ पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपेको बताउनुभयो। उहाँले भन्नुभयो, “पोखरा सहर स्पोर्ट्स हबका रूपमा स्थापित हुँदै आएको छ। स्पोर्ट्स अवार्डको सफल आयोजनाले यहाँको खेल क्षेत्र अझ व्यापक र सशक्त बन्नेछ।”

    अवार्ड कार्यक्रममा पोखरा महानगरपालिका प्रवर्द्धकका रूपमा रहेको छ। मुख्य प्रायोजकमा गोल्छा ग्रुप रहेको छ भने यति एयरलाइन्स पावर्ड बाई पार्टनर रहेको छ। भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन्।

    यस वर्ष पनि अवार्ड १० विधामा प्रदान गरिनेछ। जसमा वर्ष खेलाडी (पुरुष)०, वर्ष खेलाडी (महिला), युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर तथा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड समावेश छन्।

    पिपुल्स च्वाइस अवार्डका लागि उसुका विजय सिञ्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल मनोनयनमा परेका छन्। अवार्ड कार्यक्रम आज पोखरास्थित सभागृहमा आयोजना हुँदैछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend