images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • गगन थापाद्वारा विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको...

गगन थापाद्वारा विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको विरोध, ‘प्रजातान्त्रिक मूल्यविपरीत’

गगन थापाद्वारा विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको विरोध, ‘प्रजातान्त्रिक मूल्यविपरीत’

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिमाथि पार्टी कार्यालय बाहिर भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन्। उनले यस्तो व्यवहार प्रजातान्त्रिक मूल्य–मान्यता विपरीत भएको बताएका छन्।

    images
    images

    मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले यस विषयमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले व्यक्त गरेको मतसँग आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन्। थापाले असल प्रजातन्त्रवादीले फरक विचार र मतको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।

    उनले लेखेका छन्, “असल प्रजातन्त्रवादी ‘सत्यको अनेकता’ मा विश्वास गर्छ र फरक मत राख्नेको सम्मान गर्छ। त्यस कारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ।”

    images
    images

    थापाले नेपाली कांग्रेस परिवर्तन चाहने पार्टी भएको उल्लेख गर्दै परिवर्तनका लागि पनि विधि, विधान र प्रक्रियाभन्दा बाहिर जाने कुनै बाटो नभएको स्पष्ट पारेका छन्।

    “हामी सबै परिवर्तन चाहन्छौँ, तर विधि, विधान र प्रक्रियाभन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ,” थापाले भनेका छन्।

    यसअघि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारको कडा भर्त्सना गरेका थिए। उनले राजनीतिमा स्वस्थ राजनीतिक व्यवहारलाई मात्र प्रोत्साहित गर्नुपर्ने र यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नु सबैको कर्तव्य भएको बताएका थिए।

    मंगलबार केन्द्रीय सम्पादन समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका निधिमाथि विशेष महाधिवेशन पक्षधर समूहले दुर्व्यवहार गरेका थिए। निधिले विशेष महाधिवेशन सम्भव नहुने धारणा सार्वजनिक गरेपछि उक्त घटना भएको बताइएको छ।

    Gagan Post FB.jpg
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend