images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • भेनेजुएलाबाट अमेरिकाले तीनदेखि पाँच करोड ब्यारेल...

भेनेजुएलाबाट अमेरिकाले तीनदेखि पाँच करोड ब्यारेल तेल लिने

भेनेजुएलाबाट अमेरिकाले तीनदेखि पाँच करोड ब्यारेल तेल लिने

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौं । भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई नार्को–आतंकवादविरुद्धको अभियान भनेका छन् । तर, ट्रम्पको पछिल्लो भनाइबाट भेनेजुएलामाथिको अमेरिकी कारबाहीको मुख्य कारण तेल नै रहेको प्रष्ट हुन्छ । ट्रम्पले सामाजिक सञ्जालमा भेनेजुएलाको अन्तरिम सरकारले अमेरिकालाई बजार मूल्यमा तीनदेखि पाँच करोड ब्यारेल उच्च गुणस्तरीय तेल उपलब्ध गराउने बताएका छन् ।ट्रम्पको यो घोषणा मंगलबार काराकासका अधिकारीहरूले अमेरिकी सैन्य अभियानमा कम्तीमा २४ भेनेजुएलाली सुरक्षा अधिकारीहरू मारिएको घोषणा गरेपछि आएको हो । ट्रम्पले तेल जहाजमार्फत ल्याइने र सीधै अमेरिकाको अनलोडिङ डकमा पुर्‍याइने बताएका छन् ।

    images
    images

    तेल बिक्रीबाट हुने रकममा ट्रम्पको नियन्त्रण
    उनले भने, “राष्ट्रपतिका रूपमा यो धनमाथि मेरो नियन्त्रण हुनेछ, तर यसलाई भेनेजुएला र अमेरिकाली जनताको हितमा प्रयोग गरिनेछ ।” ह्वाइट हाउसले शुक्रबार भेनेजुएलासम्बन्धी तेल कम्पनीका अधिकारीहरूसँग ओभल अफिसमा बैठक आयोजना गर्दै छ । यसमा एक्सन, शेवरन र कोनोकोफिलिप्सका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा छ ।

    ट्रम्पले दिएका थिए अन्तरिम राष्ट्रपतिलाई चेतावनी 
    मंगलबार भेनेजुएलाका अधिकारीहरूले मादुरोविरुद्धको हमलामा मारिएकाहरूको संख्या घोषणा गरे । यसलाई कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजको ट्रम्पमाथिको प्रतिकार मानिएको छ । ट्रम्पले यो हप्ताको सुरुआतमा यदि उनले सही कदम नचाले र भेनेजुएलालाई अमेरिकी हितअनुसार रूपान्तरण नगरे मादुरोभन्दा पनि खराब स्थिति भोग्नुपर्ने चेतावनी दिएका थिए ।

    images
    images

    डेल्सी रोड्रिगेजको प्रतिकार
    भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति रोड्रिगेजले भनिन्, “व्यक्तिगत रूपमा मलाई धम्की दिनेहरूबाट होइन मेरो भाग्य ईश्वरबाट निर्धारित हुन्छ ।” भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम साबले भने गत हप्ताहन्तमा काराकासमा भएको हमलामा धेरै अधिकारी र नागरिक मारिएका बताएका छन् । यसलाई युद्ध अपराध भन्दै अभियोजकहरूले अनुसन्धान गर्ने बताए । एपीबाट ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend