images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शनमा रोक लगाउन...

प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शनमा रोक लगाउन सर्वोच्चको परमादेश

प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शनमा रोक लगाउन सर्वोच्चको परमादेश

images
images
बुधवार, पौष २३ २०८२
बुधवार, पौष २३ २०८२
  • काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँको प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शनमा रोक लगाउन परमादेश जारी गरेको छ । कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले प्रदर्शनी मार्गमा कुनै पनि राजनीतिक प्रदर्शन नगर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।रिट निवेदक चौधरीले प्रदर्शनी मार्गमा पद्मोदय माध्यमिक विद्यालय, वाल्मीकि विद्यापीठ, रत्‍नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस र विश्‍वभाषा क्याम्पस लगायत  शिक्षण संस्था र काठमाडौँ मोडल अस्पताल रहेकाले उक्त क्षेत्रमा हुने राजनीतिक प्रदर्शनले पठनपाठनमा र उपचार गर्न आउने बिरामीहरूलाई गम्भीर असर पुगेको बताउँदै उक्त क्षेत्रमा राजनीतिक प्रदर्शनी रोक्न माग गर्दै रिट दिएका थिए ।

    images
    images

    चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार,नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार,स्वास्थ्य मन्त्रालय, स्वास्थ्य मन्त्रालय सिंहदरबार, शिक्षा मन्त्रालय सिंहदरबार काठमाडौँ , जनसङ्ख्या तथा वातावरण मन्त्रालय सिंहदरबार काठमाडौँ , नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँ महानगरपालिकाको कार्यालय बागदरबार र समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्‍चालन कार्यालयलाई विपक्षी बनाइएको थियो ।राजनीतिक प्रदर्शनीका कारण नजिकै रहेको पुरानो बसपार्कबाट लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरू पनि छुट्ने गरेको रिट निवेदनमा उल्लेख छ । काठमाडौँ महानगरपालिकामा रहेको प्रदर्शनी मार्गमा नेपाल ल क्याम्पस लगायत अन्य  शिक्षण संस्थामा अध्ययनरत विद्यार्थी र काठमाडौँ मोडेल अस्पतालमा आउने बिरामीलाई  प्रदर्शनी मार्गको सडकमा  हुने प्रदर्शनीले विद्यार्थीको स्वच्छ वातावरणमा पढ्न पाउने हक, स्वतन्त्रताको हक र बिरामी उपचार गर्न पाउने हक तथा समग्रमा व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने जीवनको अधिकार नै हनन् हुन भएको रिट निवेदनमा उल्लेख थियो ।

    वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) को युवा सङ्घद्वारा आयोजित ‘युवा उत्सव’ मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपासहित समाजवादी मोर्चाले २०८१ चैत १५ गते माओवादी मोर्चाले सडकमा भएको प्रदर्शनीलगायतको उदाहरण दिँदै ती प्रदर्शनीले नागरिकको अधिकार र सार्वजनिक व्यवस्थामा खलल पुगेको रिट निवेदनमा उल्लेख थियो ।‘प्रत्येक नागरिकलाई भेला हुने र आफ्ना विचार व्यक्त गर्ने अधिकार भए पनि, त्यो अधिकार प्रयोग गर्दा अरूको अधिकार र सार्वजनिक व्यवस्थामा खलल पुग्न दिनु हुँदैन,’ रिटमा भनिएको छ, ‘प्रदर्शनी मार्गजस्तो संवेदनशील क्षेत्रमा गरिएको यस्तो प्रदर्शनले शैक्षिक गतिविधिमा संलग्न व्यक्तिहरूको निर्बाध आवागमनको अधिकारलाई हनन गरेको छ र  आगामी दिनमा यदि यसरी उक्त क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिइरहने हो भने यसले त्यस क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा गम्भीर बाधा पुग्छ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend