images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव...

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव शर्माको नियुक्ति बदरकाे रिटमा सुनुवाइ हुँदै

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव शर्माको नियुक्ति बदरकाे रिटमा सुनुवाइ हुँदै

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै दायर रिट सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।काठमाडौँ महानगरपालिका वडा नं. ८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका थिए ।

    images
    images

    सदस्य–सचिव शर्माको उमेर हदका कारण देखाउँदै नियुक्ति बदरको माग गर्दै रिट निवेदनमा माग गरिएको छ । सरकारले कुनै पनि सार्वजनिक पदमा नियुक्तिका लागि उमेर हदको व्यवस्था कानुनमा गरेको र सर्वोच्च अदालत तथा संवैधानिक आयोगहरूमा समेत ६५ वर्षमा अवकाश हुने व्यवस्था रहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव शर्मा ७० वर्ष उमेर पूरा गरिसकेको दाबी रिट निवेदनमा गरिएको छ ।७० वर्ष उमेर पूरा गरिसकेको व्यक्ति पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव हुन नपाउने रिट निवेदक लुइँटेलको दाबी छ । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृति मन्त्री अनिलकुमार सिन्हाले गत मङ्सिर २९ गते प्रकाशमणि शर्मालाई सदस्य–सचिवमा नियुक्त गरेका थिए । कोषका सदस्य–सचिवको कार्यकाल चार वर्ष तोकिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend