images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • तेल व्यापारबारे अमेरिकाले भेनेजुएलासँग अघि सार्‍यो...

तेल व्यापारबारे अमेरिकाले भेनेजुएलासँग अघि सार्‍यो नयाँ सर्त

तेल व्यापारबारे अमेरिकाले भेनेजुएलासँग अघि सार्‍यो नयाँ सर्त

images
images
बिहिवार, पौष २४ २०८२
बिहिवार, पौष २४ २०८२
  • काराकस । भेनेजुएलाले तेल उत्पादन पुनः सुरु गर्नुअघि अमेरिकाले नयाँ सर्त तेर्स्याएको छ । ट्रम्प प्रशासनले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोद्रिगेजलाई चीन, इरान, रुस र क्युबा जस्ता देशसँगको सम्बन्ध तोड्न दबाब दिएको भन्दै सीएनएनले समाचार प्रकाशित गरेको छ । अमेरिकाले तेल उत्पादनमा आफूसँग मात्रै सहकार्य गर्न समेत दबाब दिएको छ ।रोद्रिगेजले ट्रम्प प्रशासनलाई मात्रै सपोर्ट गर्नुपर्ने र भविष्यमा घरेलु तेल पनि अमेरिकी कम्पनीलाई मात्रै बेच्न आग्रह गरिएको ह्वाइट हाउसका दुई जना वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । यी मागलाई ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले पुष्टि र खण्डन नगरेको समाचारमा उल्लेख छ ।

    images
    images

    भेनेजुएलमा केही हप्ताका लागि मात्रै पुग्ने विदेशी विनिमय सञ्चिति रहेको बताइएको छ । भेनेजुएलासँग तेल कारोबारका लागि त्यहाँको अन्तरिम सरकारसँग सम्झौता गर्ने तहसम्म पुगेको ट्रम्प प्रशासनले बताएको छ । यही बिचमा उसले यी सर्त अघि सारेको समाचार बाहिर आएको हो । बुधबार अमेरिकी विदेश मन्त्री मार्को रुबियोले तेल बेचेको पैसा ट्रम्प प्रशासनले लिने र भेनेजुएली जनताको हितमा प्रयोग गर्ने बताएका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend