images

२०८३ आश्विन २ गते

images
images
images

इरानमा चर्कियो सरकार विरोधी प्रदर्शन

इरानमा चर्कियो सरकार विरोधी प्रदर्शन

images
images
शुक्रवार, पौष २५ २०८२
शुक्रवार, पौष २५ २०८२
  • काठमाडौँ । इरानमा विगत १२ दिनदेखि सरकार विरुद्धको जनप्रदर्शनले उग्र रूप लिइरहेको छ। राजधानी तेहरानसहित देशका विभिन्न प्रमुख सहरहरूमा सर्वसाधारणहरू सडकमा उत्रिएर सरकारको विरोध गरिरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।  अमेरिकी मानवअधिकारवादी संस्थाहरूको पछिल्लो प्रतिवेदन अनुसार यी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ३४ प्रदर्शनकारी र ४ जना सुरक्षाकर्मीले ज्यान गुमाइसकेका छन्। हिंसात्मक प्रदर्शन बढ्दै जाँदा सुरक्षाकर्मीले दुई हजारभन्दा बढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको समेत समाचारमा उल्लेख छ ।

    images
    images

    आन्दोलनलाई दबाउन र सूचना आदानप्रदान रोक्न इरानी सरकारले देशभर इन्टरनेट सेवामा व्यापक कडाइ गरेको छ। इन्टरनेट अनुगमनकारी निकाय नेटब्लक्सका अनुसार तेहरान र इरानका धेरै क्षेत्रमा डिजिटल ब्ल्याकआउट गरिँदा सर्वसाधारणको सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सरकारले ल्यान्डलाइन फोन र स्याटेलाइट सिग्नल समेत अवरुद्ध गर्ने प्रयास गरिरहेको दाबी गरिएको छ।यसैबिच, इरानका दिवंगत शाह पहलवीका निर्वासित छोरा रजा पहलवीले सामाजिक सञ्जालमार्फत विश्व समुदायको ध्यान आकर्षण गराएका छन्। उनले इरानी जनता आफ्नो स्वतन्त्रताका लागि लडिरहेको उल्लेख गर्दै प्रदर्शन जारी राख्न आह्वान गरेका छन्। पहलवीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई जवाफदेही बनाउन चालेको कदमको प्रशंसा गर्दै अब युरोपेली नेताहरूले पनि आफ्नो मौनता तोड्नुपर्ने बताएका छन्। उनले स्वतन्त्र विश्वका नेताहरूलाई इरानी जनताको समर्थनमा थप कडा र प्रभावकारी कदम चाल्न अपिल गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend