काराकस । भेनेजुएलाको जेलमा थुनामा रहेका चार जना अमेरिकी नागरिकलाई रिहा गरिएको छ । भेनेजुएलाको अन्तरिम सरकारले कम्तीमा चार जना अमेरिकीलाई रिहा गरेको यस मामिलासँग जानकार एक स्रोतले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । जनवरीको सुरुमा अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरो र उनको श्रीमतीलाई पक्राउ गरेयता अमेरिकी बन्दी रिहा भएको थाहा भएको यो पहिलो पटक हो । डेल्सी रोद्रिगेजको अन्तरिम सरकारले दर्जनौँ राजनीतिक बन्दीहरूलाई रिहा गरिरहेको समयमा अमेरिकी पनि रिहा भएका छन् ।
भेनेजुएलामा आफ्ना नागरिकको रिहाइको स्वागत गरेको अमेरिकी विदेश मन्त्रालयका एक जना प्रवक्ताले भनेका छन् । आन्तरिक सरकारले सही दिशामा चालेको यो महत्त्वपूर्ण कदम भएको बताइएको छ । बन्दी रिहाइमा मद्दत गर्न विदेश मन्त्रालयको एउटा टोली भेनेजुएला गएका थिए । हालैका महिनामा भेनेजुएलाले कम्तीमा पनि पाँच अमेरिकी नागरिकलाई पक्राउ गरेको बताइएको छ । अमेरिकी सरकारसँग मोलमोलाईका अमेरिकी नागरिकलाई पक्राउ गर्ने गरेको आरोप भेनेजुएलामाथि लाग्दै आएको छ ।




.gif)



