images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रदर्शनकारीका शव फिर्ता गर्न इरानी अधिकारीहरूले...

प्रदर्शनकारीका शव फिर्ता गर्न इरानी अधिकारीहरूले ठुलो रकम मागेको खुलासा

प्रदर्शनकारीका शव फिर्ता गर्न इरानी अधिकारीहरूले ठुलो रकम मागेको खुलासा

images
images
शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • तेहरान । इरानमा हालै भएका व्यापक विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिका शव परिवारलाई फिर्ता दिन ठुलो रकम मागिएको खुलासा भएको छ । बीबीसीसँग कुरा गरेका मृतकका परिवारजनका अनुसार सरकारी सुरक्षा निकायले शव बुझाउन १ अर्ब तोमानसम्म मागिरहेका छन् ।बीबीसी पर्सियनलाई प्राप्त जानकारीअनुसार प्रदर्शनमा मारिएका व्यक्तिहरूका शव अस्पताल र शवगृहमा राखिएको छ ।  परिवारले मागिएको रकम नबुझाउँदासम्म शव नदिने भनिएको छ ।  पछिल्ला दुई हप्ताभन्दा बढी समयदेखि जारी प्रदर्शनका क्रममा इरानमा कम्तीमा २ हजार ४३५ जनाको ज्यान गएको छ ।

    images
    images

    उत्तर इरानको राष्ट्र सहरका एक परिवारले बीबीसीलाई बताएअनुसार उनीहरूको आफन्तको शव पौरसिना अस्पतालको शवगृहमा राखिएको छ । सुरक्षा बलले शव फिर्ता गर्न ७० करोड तोमान (करीब ५ हजार अमेरिकी डलर) मागेको उनीहरूको भनाइ छ । सोही शवगृहमा कम्तीमा ७० जना अन्य प्रदर्शनकारीका शव रहेको बताइएको छ ।राजधानी तेहरानमा एक कुर्द मूलका  निर्माण मजदुरको परिवारले शव लिन जाँदा १ अर्ब तोमान ( करीब ७ हजार अमेरिकी डलर ) तिर्नुपर्ने भनिएको थियो । यति ठुलो रकम तिर्न नसकेपछि छोराको शव नलिई परिवार फर्कन बाध्य भएको बताइएको छ । इरानमा  निर्माण मजदुरले सामान्यतया महिनामा १०० डलरभन्दा कम कमाउँछन् ।केही घटनामा भने अस्पतालका कर्मचारीहरूले सुरक्षा निकाय आउनुअघि शव लिन परिवारलाई फोनमार्फत खबर गरेको पनि बीबीसी पर्सियनले जनाएको छ । मानवअधिकार उल्लङ्घनका यी घटनाले इरानमा जारी दमन र प्रदर्शनकारीमाथिको व्यवहारप्रति अन्तर्राष्ट्रिय चासो निकै बढाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend