images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • हिमालयन लाइफले बोलायो १९ औं वार्षिक...

हिमालयन लाइफले बोलायो १९ औं वार्षिक साधारणसभा

हिमालयन लाइफले बोलायो १९ औं वार्षिक साधारणसभा

images
images
आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९ औं वार्षिक साधारणसभा माघ २८ गते हुने भएको छ।माघ २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सभा बोलाउने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। सभाले सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।

    images
    images

    त्यस्तै गत आर्थिक वर्षको अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफारनोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत् सम्बन्धी अनुसूचीहरूमाथि छलफल गरी पारित गर्नुका साथै कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम चालू आर्थिक वर्षको लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्नेछ।त्यसैगरी कम्पनीको प्रस्तावित विषय उपर नियमनकारी निकायहरूले कुनै फेरबदल, संशोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको दफा १०५ को (१) (ग) बमोजिम गत आर्थिक वर्षमा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।कम्पनीले यस वार्षिक साधारणसभा प्रयोजनका लागि माघ १५ गते एक दिन बूक क्लोज गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा माघ १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै कम्पनीको साधारणसभामा भाग लिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend