images

२०८३ आश्विन २ गते

images
images
images

हिमपात नहुँदा हुम्लाका कृषक चिन्तित

हिमपात नहुँदा हुम्लाका कृषक चिन्तित

images
images
बुधवार, माघ ७ २०८२
बुधवार, माघ ७ २०८२
  • हुम्ला । हुम्लामा हिमपात नहुँदा किसान चिन्तित बनेका छन् । विगतका वर्षहरुमा मङ्सिर, पुस र माघ महिनामा बाक्लो हिमपात हुने गर्दथ्यो । यसवर्ष माघ महिनाको पहिलो साता हुँदा पनि हिमपात हुन नसकेको हो ।लामो समयसम्म हिमपात नहुँदा खडेरी हुने होकी भन्ने चिन्तामा यहाँका किसान छन् । माघ महिनाको पहिलो सातासम्म हिमपात नहुँदा यहाँका किसान चिन्तामा परेका छन् ।यो समय हिमपात हुनुका साथै सदरमुकाम सिमकोटसहित अग्ला स्थानहरु सेताम्ये देखिन्थे भने किसान खुसी हुन्थे । तर यो वर्ष जिल्लामा गएको असोज महिनाको अन्तिममा एक पटक मात्रै हिमपात भएको छ । त्यसले खासै किसानका लागि खुसी भने गराएको छैन् ।

    images
    images

    हिउँद याममा हिमपात नहुँदा चिसो बढेको छ । हुम्लाको आकाशमा केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन । चार, पाँच दिनसम्म आकाशमा बादल मडारिने गरे पनि हिमपात हुन नसकेको हो ।मंसिर पुस र माघ महिनामा अत्याधिक हिमपात हुने भए पनि यो वर्ष मंसिर र पुस दुई महिनासम्म हिमपात हुन सकिरहेको छैन । यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भए पनि उराठलाग्दो देखिएको छ ।सिमकोट गाउँपालिका–३ का स्थानीय पेमा लामाले भने, “यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवतीहरु रमाउने गर्थे तर यो वर्ष त्यसो हुन् सकेन। पुस महिना सकिएर माघको आज ६ गते भइसक्यो ।” बढी हिमपात हुने महिना पुस र माघ हो तर हिउँ परेन अब फाल्गुनमा के हुने हो थाहा नभएको लामाको भनाई थियो ।

    यस वर्षको हिउँद याममा हिमपात र वर्षा दुवै नहुँदा विशेष गरी किसान चिन्तित बन्न थालेका छन् । हुम्लामा बर्सेनि मंसिर, पुस र माघ महिनामा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचेअनुसार हिमपात हुन नसकेको बताएका छन् ।जेठासीबालीमा खडेरी हुने चिन्तामा रहेको सिमकोट गाउँपालिका–२ ठेहेका गौगोरा बोहराले गुनासो गरे । किसान बोहराले भने, “जाडो मौसममा भारी हिमपात नभएका कारण खेतमा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने देखिएको छ ।”विगतका वर्षहरुमा कात्तिक महिनादेखि फागुन महिनासम्म हिमपात हुनुका साथै किसानलाई राहत हुन्थ्यो ।” यो वर्ष हिमपात हुन सिकरहेको छैन । हिमपात नभएर यहाँको जमिन, सुक्खा देखिँदै गएका छन् भने हिउँदको समयमा हिउँ नपर्नुले सेताम्य हिमाल काला पत्थरमा परिणत हुन थालेका छन् ।हिउँले सेताम्य देखिने यो समय हुम्लाका विभिन्न हिमाल सुक्खा देखिएका छन् । पुस महिनामा बाक्लो हिमपात भएर सेताम्ये हुने जिल्लाका विभिन्न चाङ्ला, रलिङ, सैपाल, पञ्चमुखीलगायत उच्च हिमालहरु सुक्खा देखिएका छन् । हिमपात नहुँदा यी हिमालहरु हिउँको पर्खाइमा छन् ।जलवायु

    images
    images

    परिवर्तनमा आएको असर हुम्लामा समेत परेको छ । जिल्लाको मौसममा कहिले आकाशमा बादल देखिए पनि हिउँ पर्छ कि भनेर यहाँका किसानले आशा राखे पनि केही समयपछि बादल आकाशमै हराउने गरेको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँका गोर्ख रोकायाले बताए ।उनले भने, “हुम्लामा दुई–तीन वर्ष यतादेखि दश वर्ष पहिलाको जस्तो सोचेअनुसारको हिमपात हुन छोडेको छ ।” यो पुस महिनाको समय सिमकोट, खार्पुना, नाम्खा, सर्केगाड र चङ्खेली गाउँपालिकाका उच्च स्थान हिउँले ढाकेर सेताम्ये देखिन्थे तर केही वर्षयता देखिन सकेका छैनन् ।यो समयको हिउँदयाममा भारी हिमपात भएर किसान उत्हासीत हुनुका साथै पुसको हिउँ सिला, माघ हिउँ विला, फागुनको हिउँ टिलाफिा भनेर किसान उख्खान समेत भन्ने गर्थे ।पुस हिउँ सिला, माघ हिउँ बिला भन्ने स्थानीयको उखानजस्तै माघमा परेको हिउँ बिलाउँदै जाने गर्छ । पुसमा परेको हिउँ जमेर बस्छ भने फागुनमा परेको हिउँ टिलाफिला भएर जान्छ ।

    हिउँ नपर्दा गाउँघरमा बूढापाखाले यो कलियुग आएको भन्ने गरेको रोकायाले बताए ।'जिल्लामा भारी हिमपात हुँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्न समस्या बनाउथ्यो भने अत्याधिक चिसोले जनजीवन कष्टकर बनाउथ्यो यहाँका नागरिकले हिउँमा रमाउँथे,' रोकायाले भने ।यो पटक मंसिर र पुस दुई महिना हिमपात नभएर बित्दा जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौलाई असर गर्छ भनेर कृषक चिन्तित भएका छन् ।खेतबारीमा लगाइएको गहुँ, जौ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा कृषक चिन्तीत बनेका छन् । गर्त वर्ष ढिलो गरी हिमपात र वर्षा भएकाले यो वर्ष पनि ढिलो गरी हुन सक्छ कि भन्ने आशामा किसान छन् ।जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खानेमा कृषक चिन्तित रहेको सर्केगाड गाउँपालिका–६ बराई गाउँका मानबहादुर ऐडीले बताए । आवश्यक पर्ने हिउँ र वर्षा नभएपछि खेतमा लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएको ऐडीले बताए । खेतमा जौ र उवा लगाए पनि हिउँ नपर्दा खेतमा लगाएको बाली खेर जानेमा डर भएको छ ।

    ऐडीले भने, “हुम्लामा दश वर्षअघि जस्तो हिउँ अचेल परेको छैन । मंसिर महिनामा दुई पटक पातलो हिउँ पर्यो, केही समयमै बिलायो ।” पछिल्लो जिल्लामा समय हिउँ परे पनि फासफुस मात्र पर्छ, जमिन बेस्सरी भिजाउने गरेर हिउँ नपरेको उहाँको भनाइ थियो । दर्के झरी पनि पर्न छोडेको ऐडीले बताए ।'पुसमा जति बाक्लो हिउँ पर्‍याे , हिउँदे बाली उति राम्रो हुन्थ्यो तर यो वर्ष परेको छैन,'उनले भने । हिउँदमा हिउँ बेस्सरी परेर बाली राम्रो भएको वर्ष जेठासीको उत्पादनले चार, पाँच महिना मुस्किलले खान पुग्ने गरेको उनको भनाइ छ । हिउँदको महिना हिउँ नपर्दा जेठासी बालीका लागि खेतबारीमा सिँचाइको व्यवस्था नहुँदा खडेरीको समस्या निम्तिएको हो ।स्थानीयहरुमा चिसो बढेको भन्दा पनि हिमपात नभएको कारण खेतमा लगाइएको हिउँदे बाली जेठमा पाक्ने उवा, गहुँ र जौ सुक्ने भन्दै चिन्तामा छन् भने चैत, वैशाखमा लगाइने कात्तिकमा पाक्ने वर्षे बालीलाई समस्या पर्ने हो की भन्ने चिन्ताले बढीले सताउन थालेको छ ।हिमाली जिल्ला हुम्ला मात्रै नभएर कर्णाली प्रदेशका साविकका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका उच्च भेगमा हिमपात नहुँदा कृषक चिन्तित बनेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend