images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • स्वर्णिमको बाबुरामलाई प्रस्ताव : ...

स्वर्णिमको बाबुरामलाई प्रस्ताव : उम्मेदवारी फिर्ता लिनुस्, हाम्रो अभिभावक बन्नुस्

स्वर्णिमको बाबुरामलाई प्रस्ताव : उम्मेदवारी फिर्ता लिनुस्, हाम्रो अभिभावक बन्नुस्

images
images
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा वाग्लेले भट्टराईलाई रास्वपाको अभिभावक बनेर सहयोग गर्न प्रस्ताव राखेका हुन् ।वाग्लेले भट्टराईले नै पुराना दलहरूको उपलब्धि संरक्षण गर्दै २१औं शताब्दीको आर्थिक समुन्नतिका लागि नयाँ शक्तिको परिकल्पना गरेको स्मरण गराए । उनले भट्टराईले बसालेको वैकल्पिक राजनीतिको जगमै रास्वपाको उदय, विस्तार र उचाइ सम्भव भएको दाबी गर्दै अबको बाटोमा रास्वपालाई सघाउन आग्रह गरे ।

    images
    images

    पूर्वप्रधानमन्त्रीका रूपमा भट्टराईले रास्वपालाई मार्ग निर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने विश्वास वाग्लेले व्यक्त गरेका छन् । फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा सङ्घीय सरकार बन्न सक्ने सङ्केत गर्दै उनले सरकारको राजनीतिक, प्रशासनिक तथा सुशासन र विकाससँग सम्बन्धित सङ्क्रमणकालीन व्यवस्थापनमा भट्टराईको अनुभव आवश्यक पर्ने बताए ।भट्टराईको अनुभवबाट सिक्दै धेरै काम गर्न बाँकी रहेको भन्दै वाग्लेले आसन्न निर्वाचनमा उम्मेदवारी फिर्ता लिई उदारतापूर्वक रास्वपालाई सघाउन अनुरोध गरेका हुन् । उनले यसलाई अनुकरणीय देशभक्तिपूर्ण उदाहरणका रूपमा प्रस्तुत गर्न समेत भट्टराईलाई विशेष आग्रह गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend