images

२०८३ आश्विन २ गते

images
images
images

महावीर पुनको चुनाव चिह्न त्रिभुज

महावीर पुनको चुनाव चिह्न त्रिभुज

images
images
शुक्रवार, माघ ९ २०८२
शुक्रवार, माघ ९ २०८२
  • पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । सामाजिक सञ्जालमार्फत आफूले त्रिभुज चिह्न पाएको जानकारी दिँदै पुनले भनेका छन्, ‘महावीर पुनको चुनाव चिह्न आयो। नेपाल भरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिह्न लिए हुन्छ।’

    images
    images

    पुनलाई उज्यालो नेपाल पार्टीले सघाउने भइसकेको छ । पार्टीका महासचिव धर्म चौधरीले आफ्नो पार्टीको समर्थन पुनलाई गर्ने निर्णय भएको जानकारी दिए । उज्यालोले सो क्षेत्रमा कुनै पनि उम्मेदवारी दिएको थिएन । चौधरीले आफ्नो दलप्रति आस्था भएका र उज्यालो नेपालमा आबद्ध भएका व्यक्तिलाई पुनले पाउने चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend