काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँगको द्विपक्षीय व्यापार सम्झौता लागू नगरेको आरोप लगाउँदै निश्चित कोरियाली सामानहरूमा भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने बताएका छन् । सामाजिक सञ्जालमा उनले सोमबार कोरियाली व्यवस्थापिकाले अमेरिकाको ऐतिहासिक व्यापार सम्झौता लागू नगरेका कारण दक्षिण कोरियाली सवारी साधन, काठ, औषधि र अन्य सबै पारस्परिक शुल्कहरू १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको बताएका हुन् ।
अक्टोबर २०२५ मा ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ र अमेरिकाबीच भएको सम्झौताअनुसार अमेरिकाले दक्षिण कोरियाबाट हुने आयातमा १५ प्रतिशतको एकमुष्ठ भन्सार शुल्क लगाउने कुरा थियो । जुन ट्रम्पले पहिले धम्की दिएको स्तरभन्दा १० प्रतिशत बिन्दुले कम थियो । यसको बदलामा, दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्न सहमति जनाएको थियो ।




.gif)



