दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाका विद्यालयमा माघ १८ गते शोक बिदा दिइएको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै हनुमन्तेश्वर माध्यमिक विद्यालयका शिक्षक केशव चौलागाईको निधनमा शोक बिदा दिने निर्णय गरेको जनाएको हो ।शिक्षक चौलागाईको माघ १५ गते निधन भएको थियो । मृत आत्माको चिर शान्तिको कामना गर्दै मिति २०८२ साल माघ १८ बैतेश्वर गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा १ दिन शोक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।
शिक्षक चौलागाई २०६३ सालदेखि स्थायी सेवामा प्रवेश गरी हालसम्म अनवरत रूपमा शिक्षण पेसामा संलग्न रहँदै आएका थिए ।





.gif)





