images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५...

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित

images
images
शुक्रवार, माघ १६ २०८२
शुक्रवार, माघ १६ २०८२
  • काठमाडाैँ। दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि सन् २०२५ मा पाँच वर्षमा सबैभन्दा कम भएको छ । तथ्याङ्क मन्त्रालयका अनुसार, पहिलो अर्धवार्षिक राजनीतिक अनिश्चितताको कारण औद्योगिक उत्पादन सूचकाङ्क केवल ०.५ प्रतिशतले मात्र बढेको हो । यो वृद्धि २०२० पछि सबैभन्दा न्यून हो ।गत वर्षको सुस्त वृद्धि मुख्य रूपमा राजनीतिक अस्थिरताका कारण भएको बताइएको छ । नयाँ सरकार गत वर्ष जूनमा आकस्मिक राष्ट्रपति निर्वाचन मार्फत पदभार ग्रहण गरेको थियो ।निर्माण उद्योगको उत्पादन १.७ प्रतिशतले बढेको छ । तथा, सेवा क्षेत्रको उत्पादन भने १.९ प्रतिशतले बढेको छ ।

    images
    images

    निर्माताहरूले सन् २०२५ मा औसत क्षमता ७२.८ प्रतिशत कायम राखेका छन्, जुन अघिल्लो वर्षको ७२.७ प्रतिशतभन्दा थोरै बढी हो ।उक्त वृद्धि नयाँ सरकारले दोस्रो अर्धवार्षिकमा प्रदान गरेको नगद सहायता कार्यक्रमका कारण भएको बताइएको छ ।डिसेम्बर सन् २०२५ मा कृषि, पशुपालन र मत्स्य पालन क्षेत्र बाहेक सबै उद्योगको उत्पादन सूचकाङ्क अघिल्लो महिनाको तुलनामा १.५ प्रतिशतले बढेको छ । त्यस्तै, खुद्रा बिक्री सूचकाङ्क ०.९ प्रतिशतले बढ्दा सुविधा लगानी ३.६ प्रतिशतले घटेको छ ।आगामी आर्थिक अवस्था अनुमान गर्ने प्रमुख आर्थिक सूचकाङ्क ०.६ अङ्कले बढेर १०३.१ पुगेको छ भने हालको आर्थिक अवस्था मापन गर्ने समसामयिक सूचकाक ०.२ अङ्कले घटेर ९८.५ पुगेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend