images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • साइबर ब्यूरोको भवन महानगरलाई दिन गृह...

साइबर ब्यूरोको भवन महानगरलाई दिन गृह मन्त्रालयको सहमति

साइबर ब्यूरोको भवन महानगरलाई दिन गृह मन्त्रालयको सहमति

images
images
आइतवार, माघ १८ २०८२
आइतवार, माघ १८ २०८२
  • काठमाडौँ । भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्यूरोको कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति दिएको छ । आइतबार मन्त्रालयमा भएको छलफलपछि गृहले महानगरको २७ नम्बर वडा कार्यालयलाई सो भवन प्रयोग गर्न सहमति प्रदान गरेको हो ।साइबर ब्यूरोको भवन ४ आना २ पैसा १ दाम क्षेत्रफलमा फैलिएको छ । साइबर ब्यूरोको कार्यालय सामाखुसीमा सर्दैछ ।

    images
    images

    त्यसको सट्टा महानगरपालिकाले रामशाहपथ स्थित ट्राफिक कार्यालयको पछाडि रहेको आफ्नो ७ रोपनी, २ पैसा ३ दाम क्षेत्रफलको जग्गा सरकारको नाममा दर्ता गर्न सहमति दिएको छ । सो जग्गामा उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने तयारी छ । रामशाहपथको जग्गा महानगरले ट्राफिक प्रहरीलाई दिने र भोटाहिटीको प्रहरीको भवन महानगरले प्रयोग गर्ने सहमति भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए ।उनले भने, ‘आपसमा सहमति भएको छ, एकअर्का निकायमा लैजाने प्रक्रिया पुरा गर्न केही समय लाग्छ ।’छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल, आईजीपी दान बहादुर कार्की र गृहका अन्य अधिकृतहरू सहभागी थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend