images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • रिस र उत्तेजनाले मात्र देश चल्दैनः...

रिस र उत्तेजनाले मात्र देश चल्दैनः गगन थापा

रिस र उत्तेजनाले मात्र देश चल्दैनः गगन थापा

images
images
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले रिस, उत्तेजना र घृणाका आधारमा देश चल्न नसक्ने बताएका छन्। बदलिएको कांग्रेस विगतका उपलब्धिलाई आत्मसात् गर्दै कमजोरी स्वीकार गरेर अघि बढिरहेको उनले स्पष्ट पारे।

    images
    images

    गोकर्णेश्वरमा सर्लाहीका मतदातासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसले विगतमा गरेका राम्रा कामलाई निरन्तरता दिने र त्रुटिहरू सच्याउँदै जाने प्रतिबद्धता व्यक्त गरे।

    विगतका कमजोरीका लागि कसैलाई मात्र दोष दिएर पन्छिन नमिल्ने उनको भनाइ थियो। “हिजो भएका खराब कामका लागि म कसैलाई दोष दिन्नँ, म पनि त्यही प्रणालीभित्र थिएँ,” थापाले भने, “कुनै व्यक्ति वा पात्रलाई दोष दिएर समस्या समाधान हुँदैन। हामी एउटै समाजका सदस्य हौँ, दोषारोपणले होइन, आत्मसमीक्षाले अघि बढ्नुपर्छ।”

    images
    images

    उनले चुनाव लोकतान्त्रिक प्रक्रियाको एउटा चरण मात्र भएको उल्लेख गर्दै चुनावपछि पनि देशलाई स्थिर, शान्त र जिम्मेवार ढंगले अघि बढाउनु सबै राजनीतिक शक्तिको दायित्व भएको बताए। “चुनावपछि फेरि आगो लाग्नु हुँदैन, सिंहदरबार वा संसद भवन जल्नु हुँदैन, सरकारको गोलीबाट कुनै युवा मारिनु हुँदैन,” उनले भने, “सडकमा रिस र आक्रोश पोख्ने अवस्था बन्न दिनु हुँदैन।”

    राजनीति प्रतिस्पर्धाको माध्यम भए पनि त्यसलाई घृणा र उत्तेजनाको आधारमा सञ्चालन गर्न नहुने धारणा राख्दै थापाले चुनावपछि पनि सबै पक्षलाई साथमा लिएर अघि बढ्ने साहस कांग्रेससँग रहेको बताए।

    “रिस र उत्तेजनाले मात्र देश चल्दैन, घृणाले समाधान आउँदैन,” उनले भने, “सबैलाई मिलाएर लैजाने जिम्मेवारी हामीले लिनुपर्छ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend