images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • काठमाडौँ महानगरका पूर्वप्रमुख शाहको कोठामा चोरी...

काठमाडौँ महानगरका पूर्वप्रमुख शाहको कोठामा चोरी गर्ने तीन पक्राउ

काठमाडौँ महानगरका पूर्वप्रमुख शाहको कोठामा चोरी गर्ने तीन पक्राउ

images
images
आइतवार, माघ २५ २०८२
आइतवार, माघ २५ २०८२
  • काठमाडौँ, २५ माघ । नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहको कोठामा चोरी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको शाहको कोठा चोरी गर्ने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसङ्खुपाखर घर भई काठमाडौँको गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी घर मई हाल धादिङको खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।

    परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका कैदीले चोरी गर्दै हिँडेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका राजवाहक विरुद्ध चोरी मुद्दा, खड्काविरुद्ध बैंकिङ कसुर र श्रेष्ठ विरुद्ध जबर्जस्ती करणी मुद्दा रहेको अनुसन्धानमा खुलेको उहाँले बताए । 

    images
    images

    पक्राउ परेका तीनैजनासँग प्रहरीले चोरीमा प्रयोग हुने वस्तु र चोरीका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend