images

२०८३ आश्विन २ गते

images
images
images

पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिए

पर्सामा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिए

images
images
सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • वीरगञ्ज (पर्सा), २६ माघ । जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । 

    images
    images

    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन पर्सामा दुई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको जानकारी दिए।

    निर्वाचन आचारसंहिता अनुगमन अधिकृतमा पर्साका सहायक प्रजिअ विनोदकुमार पोखरेल र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीलाई तोकिएको छ । कार्यालयले निर्वाचन आयोगको गत माघ १० गतेको पत्राचारअनुसार निर्वाचन ऐन, २०७३ को दफा २ को खण्ड (ख) एवं निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम जिम्मेवारी दिएको जनाएको छ । 

    images
    images

    पर्साका सहायक प्रजिअ कार्कीले कोही कसैले निर्वाचन आचारसंहिता विपरीतकार्य गरे÷गराएमा निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची–४ बमोजिमको ढाँचामा निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरी गर्नसमेत आह्वान गरे । 

    यसैबीच पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय र निर्वाचन कार्यालयको प्रमुखको उपस्थितिमा पर्साको मतदानस्थलको निरीक्षण गरे । आज यहाँको धोविनी गाउँपालिका अन्तर्गतको पाँच वटा वडामा रहेका सात मतदानस्थलको निरीक्षण गरिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend