images

२०८३ आश्विन २ गते

images
images
images

मुस्ताङका दश मतदान केन्द्र संवेदनशील

मुस्ताङका दश मतदान केन्द्र संवेदनशील

images
images
आइतवार, फाल्गुण १७ २०८२
आइतवार, फाल्गुण १७ २०८२
  • मुस्ताङ, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका ३९ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ । भौगोेलिक विकटता तथा मतदाता सङ्ख्याका आधारमा यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको हो ।

    images
    images

    यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको भए पनि संवेदनशील सूचीमा राखिएका मतदान केन्द्रको नामावली सुरक्षा दृष्टिकोणका कारण सार्वजनिक गर्न अप्ठ्यारो हुने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताएका छन। “जिल्ला सुरक्षा समितिले यहाँका केही मतदान केन्द्रलाई विविध कारणले पहिचान गरी संवेदनशील सूचीमा राखेका छौँ, ती संवेदनशील मतदान केन्द्र गोप्य नै राखेका छौँ, हामीले ती मतदान केन्द्रलाई विशेष प्राथमिकतामा राखेर सबैखाले सुरक्षा प्रबन्ध मिलाइरहेका छौँ”, प्रजिअ शर्माले बताएका छन। अन्य सबै मतदान केन्द्रको अवस्था सामान्य रहेको जनाइएको छ । 

    निर्वाचन सुरक्षाका लागि मुस्ताङका सबै मतदान केन्द्रको सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सँगै ३१२ जना निर्वाचन प्रहरीलाई कार्यस्थलमा खटाइ सकिएको छ । त्यसैगरी, निर्वाचनमा खटिने २१६ जना कर्मचारी जनशक्तिलाई पनि फागुन १८ गतेसम्म मतदान सामग्री सहित कार्यस्थलमा खटाइने कार्यतालिका रहेको जनाइएको छ ।

    images
    images

    उच्च उचाइको मतदान केन्द्रहरूमा खटाइने सुरक्षा र कर्मचारी जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सुरक्षा सतर्र्कता अपनाइएको छ । नेपाल प्रहरीबाट माथिल्लो मुस्ताङका मतदान केन्द्रमा खटिने सुरक्षा र निर्वाचन गराउने जनशक्तिको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लोमान्थाङमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका लगायत सबै वडाका स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई तयारी अवस्थामा राखिएको छ ।

    मुस्ताङमा उच्च उचाइका २१ मतदान केन्द्रमा लेक लाग्ने समस्या सँग सम्बन्धित पाँच प्रकारका औषधि पनि पठाइसकिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिएका छन। उनका अनुसार माथिल्लो मुस्ताङका छ मतदान केन्द्र, लोघेकर दामोदरकुण्डका १० मतदान केन्द्र र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका छ मतदान केन्द्रमा लेक लाग्ने सम्भावना रहेकाले त्यहाँका मतदान केन्द्रमा पोर्टेबल अक्सिजन क्यानसहित पाँच प्रकारका प्राथमिक उपचारका औषधिको व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताएका छन।

    त्यसैगरी, निर्वाचन सुरक्षाका लागि फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म नेपाल–चीन सीमानाका पूर्ण रूपमा बन्द गरिने भएको छ । निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न शुक्रबार रातिदेखि फागुन २१ गते मतदानकार्य सम्पन्न नहुँदासम्म जिल्लामा मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । यस्तै,  फागुन २० गते बुधबार रातिदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुँदासम्म अतिआश्यक सवारीसाधन बाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्नमा रोक लगाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend