images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सबै प्रहरी कर्मचारीले उच्च व्यावसायिकता प्रदर्शन...

सबै प्रहरी कर्मचारीले उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्छ, प्रहरी महानिरीक्षक कार्की

सबै प्रहरी कर्मचारीले उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्छ, प्रहरी महानिरीक्षक कार्की

images
images
शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • काठमाडौँ । दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा सबै प्रहरी कर्मचारीहरूले अझ उच्च अनुशासन र व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताएका छन।

    images
    images

    नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यम मार्फत प्रतिनिधि सभा सदस्य निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुका विषयमा शुक्रबार आयोजित निर्देशनात्मक सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले यस्तो बताएका छन।

    उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान प्रक्रिया शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरूले उच्च मनोबल र जिम्मेवारी बोधका साथ देखाएको व्यावसायिकता प्रशंसनीय रहेको उल्लेख गरे। साथै सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावनाका साथ आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको पनि उनले बताएका छन।

    images
    images

    प्रहरी महानिरीक्षक कार्कीले मतगणनास्थलमा देखिन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सूचना संकलनलाई प्राथमिकतामा राखी आवश्यक सुरक्षा रणनीति सहित प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए। मतगणना स्थल, परिणाम सार्वजनिक गर्ने प्रक्रिया तथा विजयी दलका र्‍याली र जुलुसमा कुनै त्रुटि हुन नदिन विशेष सतर्कता अपनाउन पनि उनले जोड दिए।

    त्यसैगरी सामाजिक सञ्जाल मार्फत फैलाइने गलत तथा मिथ्या सूचना माथि निगरानी बढाई संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरी थप सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो। साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय सहित सातवटै प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा विभिन्न सुरक्षा इकाइका प्रमुख र प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend