images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आज देशका विभिन्न स्थानमा वर्षा र...

आज देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना

images
images
शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • काठमाडौँ, ३० फागुन । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

    images
    images

    हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानहरू तथा बागमती प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।

    images
    images

    आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली  भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । 

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षा–हिमपातको सम्भावना रहेको छ ।
     
    आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार देशको हिमाली भू–भागका  थोरै स्थानहरूमा तथा पहाडी भू–भागका  एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यम वर्षा–हिमपातको सम्भावना रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend