काठमाडौँ । आज देशका हिमाली भू–भागमा साधारणतया बदली रहने तथा पहाडी र तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरूले बताएका छन्।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।




.gif)





