images

२०८३ आश्विन २ गते

images
images
images

आज देशका यी स्थानमा हुनेछ वर्षा

आज देशका यी स्थानमा हुनेछ वर्षा

images
images
आइतवार, चैत्र २९ २०८२
आइतवार, चैत्र २९ २०८२
  • काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा आंशिकदेखि साधारणतया बदली रहने र केही ठाउँमा वर्षाको सम्भावना रहेको छ।

    images
    images

    आज कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य हिमाली क्षेत्रमा पनि बादल लाग्नेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

    महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    images
    images

    त्यसैगरी लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति पनि हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम सफा रहनेछ। रातिको समयमा कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    मौसमविद्हरूले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले सतर्कता अपनाउन र तराई क्षेत्रमा हावाहुरीबाट जोगिन आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend