images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • अलपत्र गोरखकाली रबर उद्योगमा झाडी र...

अलपत्र गोरखकाली रबर उद्योगमा झाडी र जङ्गल

अलपत्र गोरखकाली रबर उद्योगमा झाडी र जङ्गल

images
images
शनिवार, कार्तिक ३ २०८१
शनिवार, कार्तिक ३ २०८१
  • काठमाडौं – गोरखा नगरपालिका वडा नं. १३, मझुवामा रहेको गोरखकाली रबर उद्योग अहिले जीर्ण बन्दै गएको छ । नेपालको एकमात्र रबर उद्योगले वि.सं. २०५० को दशकमा व्यावसायिक उत्पादन सुरु गरे पनि अहिले पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ ।

    images
    images

    उत्तरी छिमेकी मित्रराष्ट्र चीनको सहकार्यमा स्थापना भएको गोरखकाली रबर उद्योग एक समय निकै चर्चित थियो । यस उद्योगले राष्ट्रिय उत्पादन र पुँजी वृद्धिमा ठूलो योगदान पुर्‍याएको थियो । तर, विगत १० वर्षदेखि उद्योग पूर्ण रूपमा बन्द छ ।

    करिब १० अर्ब रुपैयाँ बराबरको सरकारी सम्पत्ति र सयौँ वृक्षारोपण क्षेत्र रहेको रबर उद्योग झाडी र जङ्गलले घेरिएको छ । उद्योगका मेसिनहरू नष्ट भएका छन् ।

    images
    images

    सुनसान देखिने उद्योग क्षेत्रको सुरक्षा र अनुगमन गर्न भन्दै केही सुरक्षा गार्ड खटाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend