images

२०८३ आश्विन २ गते

images
images
images

लगानीमैत्री वातावरण बनाउन सरकार केन्द्रित

लगानीमैत्री वातावरण बनाउन सरकार केन्द्रित

images
images
आइतवार, बैशाख २० २०८३
आइतवार, बैशाख २० २०८३
  • काठमाडौँ, २० वैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले इमानदार उद्यमी तथा व्यवसायीका लागि लगानी अनुकूल वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त ग्रेका छन । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले व्यावसायिक, उद्यमशील र लगानीमैत्री वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताएका छन ।

    images
    images

    निजी क्षेत्रसँग आफू परिचित रहेको उल्लेख गर्दै उनले अपराधजन्य गतिविधिमा संलग्न देखिएकामाथि भने कडाइका साथ कानुनी कारबाही गरिने स्पष्ट पारेका छन । “निजी क्षेत्रका व्यक्तित्वसँग म परिचित छु, तर अपराध सरकारलाई स्वीकार्य छैन,” उनले भनेका छन । ।

    सरकारले स्पष्ट नीतिगत व्यवस्था सहित निजी क्षेत्रमैत्री युगको सुरुवात गर्ने तयारी गरिरहेको उनले जानकारी दिएका छन । लगानी प्रवर्धन तथा सहजीकरणका लागि उच्चस्तरको इमानदारिता प्रदर्शन गरिने र सुशासनमा कुनै सम्झौता नगर्ने उनको भनाइ थियो ।

    images
    images

    सुशासन र नीतिगत स्थिरताका आधारमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि आकर्षक वातावरण सिर्जना हुने उनले उल्लेख गरेका छन ।आगामी बजेटमार्फत उदार अर्थतन्त्रतर्फ अग्रसर हुने, निजी क्षेत्रको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने तथा करको भार न्यूनीकरण गर्ने नीति ल्याइने उनले बताएका छन ।

    देशको आर्थिक रूपान्तरणका लागि मार्गचित्र तयार भइसकेको जानकारी दिँदै उनले पाँचवर्षे स्थिर सरकारमार्फत नीतिगत निरन्तरता कायम गर्ने लक्ष्य रहेको बताएका छन । राजनीतिक स्थिरता, कानुनी सुधार र डिजिटल प्रविधिको विस्तारलाई आर्थिक विकासको आधारका रूपमा अघि बढाइने उनले स्पष्ट पारेका छन ।

    पुराना तथा असान्दर्भिक कानुन खारेज गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै उनले उद्यमशीलता प्रवर्धन, रोजगारी सिर्जना र प्रभावकारी कर प्रणाली निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन । भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाइने र स्वच्छ व्यावसायिक वातावरण सुनिश्चित गरिने उनको भनाइ थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend