काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो तीन महिनामा २ हजार ५१८ यूनिट विद्युतीय चार पाङ्ग्रे साधन आयात भएको छ । यसमा ११ सिट क्षमताका विद्युतीय भ्यान समेत समावेस गरिएको छ ।
अघिल्लो वर्षको माघदेखि जेठसम्म कर बढ्ने हल्ला चलेसँगै हजारौंको संख्यामा आयात भएका विद्युतीय साधन यस वर्ष असोज दोस्रो साता परेको पानीको कारण सडक अबरुद्ध हुँदा दशैंको समयमा समेत धेरै गाडी आयात भएन ।
भारतबाट ३७४ यूनिट आयात
चालु आर्थिकको तीन महिनामा चीनबाट ५० किलोवाटसम्मका ३९९ यूनिट र भारतबाट ३७३ यूनिट गाडी आयात भएका छन् । १०० किलोवाटसम्म मोटर क्षमता भएका गाडीको आयात चीनबाट १ हजार २०८ यूनिट हुँदा भारतबाट ३७४ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
कुन क्षमताको कति ?
त्यसैगरी १०० किलोवाट माथि २०० किलोवाटसम्मको सेग्मेन्टमा चीनबाट १५४, जर्मनीबाट ४ र अमेरिकाबाट १ यूनिट आयात भएको छ । २०० किलोवाट माथिको मोटर क्षमताका कार चीनबाट दुई र जर्मनीबाट १ यूनिट आयात भएको देखिन्छ ।




.gif)





