images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • आज देशका अधिकांश पहाडी क्षेत्रमा वर्षाको...

आज देशका अधिकांश पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आज देशका अधिकांश पहाडी क्षेत्रमा वर्षाको सम्भावना

images
images
बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • काठमाडौँ, ६ जेठ । देशका विभिन्न प्रदेशमा बुधबार आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रका पहाडी भू–भागमा आंशिक बदली रहने जनाइएको छ। तराई क्षेत्रका अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

    images
    images

    विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशसहित अन्य पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावनासमेत औँल्याइएको छ।

    यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा गर्मी बढ्ने तथा तातो दिनको अवस्था रहने सम्भावना रहेको विभागले जनाएको छ। बढ्दो तापक्रमका कारण आवश्यक सतर्कता अपनाउन पनि विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

    images
    images

    आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने अनुमान गरिएको छ। विभागका अनुसार ती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना कायम रहनेछ। अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र तराई भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

    मौसमविद्हरूका अनुसार स्थानीय वायु, पश्चिमी वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन देखिएको हो। विभागले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई वर्षा, चट्याङ र मौसम परिवर्तनप्रति सतर्क रहन अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend