images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट सोबिता...

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट सोबिता गौतमले प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट सोबिता गौतमले प्रस्ताव प्रस्तुत गर्ने

images
images
मंगलवार, जेठ १२ २०८३
मंगलवार, जेठ १२ २०८३
  • काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।  सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । 

    images
    images

    साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

    बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३,  तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend