images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • विदेशको ज्ञान, सीप र पूँजीलाई नेपालको...

विदेशको ज्ञान, सीप र पूँजीलाई नेपालको सम्बृद्धिमा प्रयोग गर्न अध्यक्ष ढकालको आग्रह

विदेशको ज्ञान, सीप र पूँजीलाई नेपालको सम्बृद्धिमा प्रयोग गर्न अध्यक्ष ढकालको आग्रह

images
images
शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • काठमाडौँः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्बृद्धिमा प्रयोग गर्नुपर्ने बताएका छन् ।​

    images
    images

    ​गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाद्वारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेका र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो मातृभूमिमा लगानी भित्र्याउन उनले आग्रह गरे ।

    प्रकृतिले नेपाललाई धेरै कुरा दिएको छ । तर त्यसको उपयोग र उपभोग गर्न हामी सफल हुन सकेका छैनौं । देशलाई यतिखेर यहाँहरूले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजीको जरुरत छ । अहिले हामी जहाँ र जस्तोसुकै काम विशेषमा रहेका भए पनि भोलिको सन्ततिका लागि नेपालमै केही गर्नुपर्छ, उनले भने ।

    images
    images

    संकटका बेला सबैलाई आफ्नै जन्मथलो चाहिने प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले भने,कोरोना महामारीका बेला हामी शहरमा बसेका गाउँ फर्कियौं, विदेशमा विभिन्न कारणले बसेका नेपालीहरू घर फर्किए । त्यो अवस्थाको स्मरण गर्दा हामी अहिले जहाँ जुन रूपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ भन्ने लागेको थियो । त्यसैले पनि म यहाँहरूलाई यो आग्रह गर्दछु कि आफ्नै जन्मस्थानमा केही गर्नुपर्छ .

    उनले संसारका कैयौं देशमा रहेर गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठूलो महत्व रहेको बताए । त्यसैले त्यसको केही प्रतिशत छुट्याएर नेपालमा लगानी गर्नसके गैरआवासीय नेपाली तथा नेपालकै लागि फाइदा पुग्ने उनको भनाइ थियो ।​

    गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा महासंघले आवश्यक सबै सहजीकरण गर्ने उनले बताए । त्यसका लागि नेपालका लगानीकर्ताहरू पनि सहकार्य गर्न इच्छुक रहेका उनको भनाइ थियो ।

    अध्यक्ष ढकालले नेपालमा अहिले जलविद्युत, पर्यटन, हस्पिटालिटी, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरू रहेको बताए । कोरोना महामारीपछि नेपालमा अहिले पर्यटन क्षेत्र फस्टाउँदो अवस्थामा रहेकाले लगानी गरेर मुनाफा आर्जन गर्न उनले आग्रह गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend