एजेन्सी । साउदी अरबले लामो समयदेखि म्याद सकिएका वा श्रम अनुमति नभएका विदेशी कामदारहरूको अवस्था कानुनी रूपमा सुधार गर्न रोजगारदाताहरूका लागि तय गरिएको समयसीमा २०२६ डिसेम्बर ३१ सम्मका लागि थप गरेको छ ।फ्य्रागोमेनको प्रतिवेदन अनुसार, यस म्याद थपले व्यवसायहरूलाई कानुनी मापदण्डहरू पूरा गर्न थप ६ महिनाको समय उपलब्ध गराएको छ ।यो व्यवस्था १२ महिनाभन्दा बढी समयदेखि वर्क परमिटको म्याद सकिएका विदेशी कामदारहरूका साथै कुनै पनि प्रतिष्ठानमा काम सुरु गरेको ६ महिनाभित्र वर्क परमिट जारी नगरिएका कामदारहरूको हकमा लागू हुनेछ । यसअघि यस्तो प्रक्रिया पूरा गर्ने अन्तिम समयसीमा जुन ३०, २०२६ सम्म मात्र रहेको थियो ।
अघिल्लो समयतालिका अनुसार, तीन महिनाभन्दा बढी समयदेखि वर्क परमिटको म्याद सकिएका विदेशी कामदारहरूलाई जुनको समयसीमा पछि किवा पोर्टलमा रहेको रोजगारदाताको अभिलेखबाट स्वतः हटाइने व्यवस्था थियो ।हाल गरिएको म्याद थपले उक्त कार्यलाई पछि सारेको छ र रोजगारदाताहरूलाई आफ्ना कामदारहरूको रोजगारीको अवस्था अद्यावधिक गर्न थप समय प्रदान गरेको छ ।जगारदाताहरूलाई संशोधित समयसीमा सकिनुअगावै आफ्ना विदेशी कामदारहरूको अवस्था पुनरवलोकन गर्न र आवश्यक परेको खण्डमा म्याद सकिएका वर्क परमिट नवीकरण गर्न वा नयाँ परमिट लिन सुझाव दिइएको छ ।
डिसेम्बर ३१ सम्म पनि योग्य कामदारहरूको अवस्था नियमित नगर्ने रोजगारदाताहरूले आर्थिक जरिवानाका साथै अन्य कानुनी र प्रशासनिक कारबाहीहरू भोग्नुपर्ने हुन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।




.gif)





