रामेछाप । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आइतबार दिउँसो अत्यन्त जरुरी सूचना जारी गर्दै सडकमा हुन सक्ने जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालन स्थगित गरिएको जनाएको हो।
प्रहरीका अनुसार राजमार्गको अवस्था सुरक्षित रहेको सुनिश्चित भएपछि पुनः सूचना जारी गरी सवारी आवागमन सञ्चालन गरिनेछ।
जिल्ला प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै वर्षायाममा यात्रा गर्दा मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ। साथै, आपत्कालीन अवस्थाका लागि नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।




.gif)





