images

२०८३ आश्विन १ गते

images
images
images
  • पूर्वाधार
  • कृष्णभीर सडकखण्डको ९० प्रतिशत निर्माण सम्पन्न,...

कृष्णभीर सडकखण्डको ९० प्रतिशत निर्माण सम्पन्न, भोलिदेखि दुईतर्फी यातायात

कृष्णभीर सडकखण्डको ९० प्रतिशत निर्माण सम्पन्न, भोलिदेखि दुईतर्फी यातायात

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।कृष्णभीरको २७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    images
    images

    बाँकी सब–बेसको काम बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । रातिको समयमा समेत निर्माण कार्य गर्न फ्लड लाइटको व्यवस्था गरिएको छ ।निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend