काठमाडौँ । बाढीका कारण भासिएर एकतर्फी मात्र सञ्चालनमा रहेको नागढुंगा–शीतलबाजार सडकखण्डलाई दुईतर्फी सञ्चालनमा ल्याउन नेपाली सेनाको सहयोगमा कडा चट्टान फोर्ने काम भइरहेको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयले दिएको जानकारीअनुसार भदौ १० गतेपछि भदौ १४ गते दोस्रो पटक आएको भीषण बाढीका कारण उक्त सडकखण्ड भासिएर एकतर्फी बनेको थियो । सडक संरचनाको भित्रैसम्म गम्भीर क्षति पुगेका कारण मर्मत कार्य चुनौतीपूर्ण बनेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सडक भासिएको ठाउँमा तत्काल तल त्रिशूली नदीको तर्फबाट पर्खाल उठाएर सडक निर्माण गर्न सम्भव नभएपछि भित्तातर्फको चट्टान काटेर सडक फराकिलो बनाउने विकल्प रोजिएको हो । भित्तातर्फ कडा चट्टान रहेकाले त्यसलाई काट्न नेपाली सेनाको प्राविधिक सहयोग लिइएको छ ।मन्त्रालयले भनेको छ, ‘कडा चट्टान कटानका लागि नेपाली सेनाको सहयोगमा हालसम्म ७ पटक ब्लास्टिङ (विस्फोट) गरिएको छ ।’




.gif)



