चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा नआएसम्मका लागि आंशिक रूपमा बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड अब पूर्णरूपमा सञ्चालनमा रहने भएको छ।सडक डिभिजन कार्यालय भरतपुरले बिहीबार सूचना जारी गर्दै तुइन खोलामा भइरहेको Slope Stabilization (भीर स्थिरीकरण) कार्यका कारण यसअघि आंशिक रूपमा बन्द गरिएको सडकखण्ड अर्को सूचना जारी नभएसम्म पूर्णरूपमा सञ्चालनमा रहने जनाएको हो।
कार्यालयका अनुसार कृष्णभीरमा सडक सञ्चालनमा आाएपछि मुग्लिन–नारायणगढ सडककाे भीर स्थिरीकरणकाे काम स्थगित गरिएकाे हाे ।




.gif)



