images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा...

बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिवसहित तीन जनाले बालबालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।साबिक भरतपुर गाविसको आर्थिक वर्ष २०६८/०६९ को बाल संरक्षण अनुदानको भत्ता रकम हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ताबापत निकासा भएको तीन लाख सात हजार दुई सय रुपैयाँसम्बन्धित बालबालिकालाई वितरण नगरी हिनामिना गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ।अख्तियारका अनुसार तत्कालीन कार्यालय सहायक उमाकान्त महतोले आफ्नो पदीय ओहदाको दुरुपयोग गरी तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखापरीक्षण शाखामा कार्यरत सुरुज साहसँगको प्रत्यक्ष संलग्नता र मिलेमतोमा उक्त रकम हिनामिना गरेका थिए।

    images
    images

    उनीहरूले लाभग्राहीलाई भत्ता वितरण नगरी आफैँ र अन्य व्यक्तिलाई औँठाछाप गर्न लगाई नक्कली भरपाई खडा गरेर पेस्की फर्छ्यौट गराएको प्रयोगशाला परीक्षण प्रतिवेदनसमेतबाट पुष्टि भएको छ।नेपाल सरकारलाई हानि-नोक्सानी पुर्‍याउने र आफूलाई गैरकानुनी लाभ लिने नियतले ३ लाख ७ हजार २ सय रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १७ बमोजिमको कसुरमा सजायको मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

     

    1

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend