images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात...

स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू

स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू

images
images
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • दुबई। इरानसँगको युद्धपछि फारसी खाडीको स्ट्रेट अफ होर्मुज हुँदै हुने तेल ढुवानीमा बढेको जोखिमले पश्चिम एसियाका प्रमुख तेल उत्पादक राष्ट्रहरू वैकल्पिक निर्यात मार्ग निर्माणमा केन्द्रित भएका छन्। युद्धअघि यस जलमार्गबाट दैनिक करिब १ करोड ५० लाख ब्यारेल कच्चा तेल विश्व बजारमा पुग्ने गरेको थियो। तर इरानले समुद्री मार्गमा नियन्त्रण कडा बनाएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लाग्न थालेको छ।

    images
    images

    यस परिस्थितिलाई मध्यनजर गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई) र इराक लगायतका देशहरूले होर्मुजलाई छलेर अरब सागर, लाल सागर र भूमध्यसागरसम्म तेल पुर्‍याउने नयाँ पाइपलाइन विस्तार गर्ने योजनालाई तीव्रता दिएका छन्। सरकारी अधिकारी, तेल कम्पनी र विश्लेषकहरूका अनुसार हाल कम्तीमा सातवटा ठूला पाइपलाइन आयोजना निर्माणाधीन, योजनाको चरणमा वा छलफलमा रहेका छन्।

    विश्लेषकहरूका अनुसार इरानसँगको द्वन्द्वले खाडी मुलुकहरूलाई होर्मुजमा अत्यधिक निर्भर रहनु दीर्घकालीन रूपमा सुरक्षित रणनीति नभएको स्पष्ट संकेत दिएको छ। यद्यपि वैकल्पिक मार्गहरू पनि पूर्ण रूपमा जोखिममुक्त छैनन्। हालै यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा दुई साउदी तेल ट्याङ्करमाथि आक्रमण गरेको दाबी गरेका छन्, जसले नयाँ मार्गहरूको सुरक्षामाथि पनि प्रश्न उठाएको छ।

    images
    images

    साउदी अरेबियाले सन् १९८० को दशकमा इरान–इराक युद्धका क्रममा निर्माण गरेको ईस्ट–वेस्ट पाइपलाइन अहिले सबैभन्दा महत्वपूर्ण विकल्पका रूपमा प्रयोग भइरहेको छ। यसमार्फत अब्काइकबाट लाल सागर किनारस्थित यान्बुसम्म तेल पुर्‍याइन्छ र त्यहाँबाट ट्याङ्करमार्फत विश्व बजारमा निर्यात गरिन्छ। त्यसैगरी यूएईले पनि ओमानको खाडीस्थित फुजैराह बन्दरगाह हुँदै तेल निर्यातलाई विस्तार गरिरहेको छ। युद्धअघि यी दुई मार्गमा दैनिक ३५ लाखदेखि ५५ लाख ब्यारेलसम्म अतिरिक्त क्षमता रहेको अनुमान गरिए पनि अहिले ती लगभग पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन्।

    यूएईको सरकारी तेल कम्पनीले फुजैराहसम्म पुग्ने करिब ३०० किलोमिटर लामो नयाँ पाइपलाइन निर्माणलाई तीव्रता दिएको छ। करिब ३ अर्ब अमेरिकी डलर लागतको यस परियोजनाबाट दैनिक १२ लाख ब्यारेलभन्दा बढी अतिरिक्त तेल ढुवानी गर्ने लक्ष्य राखिएको छ। आयोजना सन् २०२७ सम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।

    इराकले पनि दक्षिणी बसरा क्षेत्रबाट टर्कीको भूमध्यसागरीय बन्दरगाह जेहान सम्म नयाँ पाइपलाइन निर्माण गर्ने योजना अघि बढाएको छ। यसकै अर्को शाखा सिरियाको बनियास बन्दरगाह सम्म विस्तार गर्ने प्रस्ताव रहेको छ, जसबाट दैनिक करिब २० लाख ब्यारेल तेल ढुवानी गर्न सकिने अनुमान गरिएको छ। साथै इराक र जोर्डनबीच बसराबाट अकाबा बन्दरगाह सम्म अर्को पाइपलाइन निर्माणबारे पनि छलफल भइरहेको छ, जसले लाल सागर हुँदै एसियाली बजारसम्म तेल पुर्‍याउने विकल्प प्रदान गर्नेछ।

    अमेरिकी लगानी बैंक गोल्डम्यान साक्स का विश्लेषकहरूका अनुसार यी सबै आयोजना सम्पन्न भएमा सन् २०२७ को अन्त्यसम्म दैनिक थप ३८ लाख ब्यारेल र सन् २०२८ को अन्त्यसम्म दैनिक ७३ लाख ब्यारेल तेल होर्मुज जलडमरूमध्य प्रयोग नगरी निर्यात गर्न सकिनेछ। त्यस अवस्थामा युद्धअघि खाडी क्षेत्रबाट निर्यात हुने कुल २ करोड ३० लाख ब्यारेल तेलमध्ये करिब ६० प्रतिशत वैकल्पिक मार्गबाट विश्व बजारमा पठाउन सकिने अनुमान गरिएको छ।

    यद्यपि नयाँ मार्गहरूले ढुवानी दूरी र लागत दुवै बढाउनेछन्। भूमध्यसागरतर्फ जाने पाइपलाइनमार्फत एसियाली बजारका लागि तेल अफ्रिकाको दक्षिणी भाग घुमाएर लैजानुपर्ने भएकाले समय र खर्च बढ्नेछ। साथै लाल सागर हुँदै हुने ढुवानी पनि हुथी विद्रोहीहरूको आक्रमणको जोखिमबाट पूर्ण रूपमा मुक्त छैन। सन् २०१९ मा हुथीहरूको ड्रोन आक्रमणका कारण साउदीको ईस्ट–वेस्ट पाइपलाइन केही समयका लागि अवरुद्ध भएको थियो।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend