काठमाडौं । नेपाल स्काउटका देशभर रहेका राष्ट्रिय, प्रदेश र स्थानीय तहका सबै परिषद् तथा कार्यकारी समितिहरू विघटन गरिएको छ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जारी गरेको सूचनाअनुसार २०८३ साल साउन ५ गते को निर्णयबमोजिम राष्ट्रिय परिषद्, प्रदेश परिषद्, स्थानीय परिषद्सहित सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको हो।
सूचनामा नेपाल स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालेन शाह को निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल को निर्णयअनुसार उक्त कदम चालिएको उल्लेख गरिएको छ।
नेपाल स्काउटले संगठनको संरचनालाई नयाँ ढंगबाट पुनः व्यवस्थित गर्दै संस्थालाई थप प्रभावकारी, सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले परिषद् तथा कार्यकारी समितिहरू विघटन गरिएको जनाएको छ।
यस निर्णयसँगै अब नेपाल स्काउटको नयाँ संगठनात्मक संरचना तथा नेतृत्व गठन प्रक्रियालाई अघि बढाइने अपेक्षा गरिएको छ।




.gif)





