images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा....

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. गोविन्द केसीसँग वार्ता गर्न धनगढीमा

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. गोविन्द केसीसँग वार्ता गर्न धनगढीमा

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न थप दुई जना धनगढी गएका छन् ।प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोट बुद्व एयरको जहाजमार्फत धनगढी गएका हुन् ।शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल भने शनिबार नै धनगढी पुगेका छन् । मन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबार धनगढी पुगेका हुन् ।

    images
    images

    शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको थियो ।धनगढी पुगेको टोलीले आजै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेका छन् । सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयास गरेको छ ।डा. केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नै चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend