images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • विद्युतको माग आन्तरिक उत्पादनले धान्दै ,...

विद्युतको माग आन्तरिक उत्पादनले धान्दै , प्रतिघन्टा २२ हजार मेगावाट निर्यात

विद्युतको माग आन्तरिक उत्पादनले धान्दै , प्रतिघन्टा २२ हजार मेगावाट निर्यात

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । नेपालले पछिल्लो समय विद्युत् उत्पादनमा उल्लेखनीय सुधार गर्दै आन्तरिक उत्पादनबाटै देशको विद्युत् माग धान्न थालेको छ। विद्युत् प्रणालीमा पर्याप्त ऊर्जा उपलब्ध भएपछि भारतबाट विद्युत् आयात शून्यमा झरेको छ भने अतिरिक्त बिजुली भारततर्फ निर्यात भइरहेको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशको साँझको उच्चतम विद्युत् माग (पिक आवर) ३ हजार २४८ मेगावाट पुगेको छ। दैनिक कुल ऊर्जा माग भने ७३ हजार ६२९ मेगावाट घण्टा रहेको छ।उक्त माग पूरा गर्न नेपालले आन्तरिक उत्पादनमै निर्भर भइरहेको छ। प्राधिकरणका अनुसार यस अवधिमा भारतबाट कुनै पनि विद्युत् आयात गरिएको छैन। उल्टै नेपालबाट २२ हजार १०२ मेगावाट घण्टा बराबरको विद्युत् निर्यात भइरहेको छ।विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान सबैभन्दा ठूलो देखिएको छ। निजी ऊर्जा उत्पादकहरूले कुल ४७ हजार ५६३ मेगावाट घण्टा बराबर विद्युत् प्रणालीमा योगदान गरिरहेका छन्।यस्तै, नेपाल विद्युत् प्राधिकरणका आफ्नै आयोजनाबाट ८ हजार ९५९ मेगावाट घण्टा र प्राधिकरणका सहायक कम्पनीमार्फत १७ हजार १०८ मेगावाट घण्टा बराबर विद्युत् उत्पादन भइरहेको छ।

    images
    images

    मनसुनमा पनि विद्युत् आपूर्ति सहज

    यस वर्षको मनसुन सुरु भएयता वर्षाका कारण देशका कुनै पनि क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध नभएको प्राधिकरणले जनाएको छ।सम्भावित समस्या तत्काल समाधान गर्न सातै प्रदेशका कार्यालय तथा काठमाडौं उपत्यकामा प्राविधिक मर्मत टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणको भनाइ छ।प्राधिकरणका अनुसार बाढी, पहिरो तथा अन्य प्राकृतिक जोखिमका कारण विद्युत् संरचनामा क्षति पुगे पनि तत्काल पुनःस्थापनाका लागि आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको छ।

    images
    images

    उत्पादन वृद्धिले बदलिँदै ऊर्जा अवस्था

    केही वर्षअघिसम्म नेपालले हिउँदमा विद्युत् अभाव हुँदा भारतबाट ठूलो मात्रामा बिजुली आयात गर्दै आएको थियो। तर पछिल्ला वर्षमा जलविद्युत् आयोजनाको उत्पादन क्षमता विस्तार, निजी क्षेत्रको बढ्दो लगानी र प्रसारण प्रणाली सुधारका कारण ऊर्जा क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ।विशेषगरी निजी क्षेत्रबाट सञ्चालनमा आएका जलविद्युत् आयोजनाले उत्पादन बढाएपछि नेपाल वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको हो।ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार उत्पादन क्षमता अझै विस्तार गर्दै प्रसारण पूर्वाधार सुधार गर्न सके नेपाल दीर्घकालीन रूपमा क्षेत्रीय ऊर्जा बजारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अवस्थामा पुग्न सक्छ।

    हालको अवस्थाले नेपाल विद्युत् क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको संकेत गरेको छ। तर हिउँदमा नदीको बहाव घट्दा उत्पादन कम हुने भएकाले दीर्घकालीन ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजना र प्रसारण पूर्वाधार विस्तार अझै आवश्यक रहेको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend