images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • १० हजार घुससहित वडा सचिव अख्तियारकाे...

१० हजार घुससहित वडा सचिव अख्तियारकाे फन्दामा

१० हजार घुससहित वडा सचिव अख्तियारकाे फन्दामा

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साहलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग अनावश्यक दुःख–हैरानी दिई घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले सोमबार साहलाई नियन्त्रणमा लिएको हो।

    images
    images

    वडा सचिव साहलाई सेवाग्राहीबाट रु. १० हजार घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक होटलबाट  नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend