images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • सुनसरी घटना समाधानका लागि प्रधानमन्त्री गम्भीर...

सुनसरी घटना समाधानका लागि प्रधानमन्त्री गम्भीर रहेको अर्थमन्त्री वाग्लेको भनाइ

सुनसरी घटना समाधानका लागि प्रधानमन्त्री गम्भीर रहेको अर्थमन्त्री वाग्लेको भनाइ

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरीमा देखिएको तनावपूर्ण अवस्थाको समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल गरिरहेको बताएका छन्। उनले सामाजिक सद्भाव कायम गर्ने, सुरक्षा व्यवस्था मजबुत बनाउने तथा पीडित परिवारलाई राहत र घाइतेको उपचार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताए।सुनसरी घटनाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा आयोजना गरेको सर्वदलीय बैठकमा सरकारका तर्फबाट सहभागी हुँदै अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्।बैठकमा उनले सुनसरीमा भएको दुःखद् घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन प्रधानमन्त्रीको समन्वयमा सरकारले आवश्यक पहल गरिरहेको जानकारी गराए।

    images
    images

    “सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ,” उनले भने।उनले राजनीतिक दलहरूले समस्या समाधानका लागि गरेको पहललाई सरकारले सकारात्मक रूपमा लिएको पनि बताए। घटनापछि उत्पन्न अवस्थालाई सामान्यीकरण गर्न र नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनको भनाइ छ।सर्वदलीय बैठकमा उठेका विषय प्रधानमन्त्रीसमक्ष पुर्‍याउने जानकारी दिँदै अर्थमन्त्री वाग्लेले सुनसरी घटनाको समाधानका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए। उनले राजनीतिक दल, सरकार र सरोकारवाला सबैको सहकार्यबाट मात्रै दीर्घकालीन समाधान खोज्न सकिने धारणा राखे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend