images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • सुपर मादी हाइड्रोपावरको चौथो त्रैमाससम्मको अपरिष्कृत...

सुपर मादी हाइड्रोपावरको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक,नाफामा २७७%को उछाल

सुपर मादी हाइड्रोपावरको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक,नाफामा २७७%को उछाल

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • सुपर मादी हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण सार्वजनिक गर्दै उत्कृष्ट वित्तीय प्रगतिको संकेत दिएको छ।  प्रकाशित विवरणअनुसार कम्पनीको खुद नाफा २७७.६८ प्रतिशतले बढेको छ।

    images
    images

    खुद नाफामा वृद्धि

    समीक्षा अवधिमा कम्पनीको खुद नाफा २७७.६८ प्रतिशतले बढेर ४२ करोड ५९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड २७ लाख रुपैयाँमा सीमित थियो।  विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धि र ऋणको ब्याजबापतको वित्त खर्चमा आएको उल्लेख्य कमी नै नाफा उच्च दरले बढ्नुको मुख्य आधार बनेको छ।

    images
    images

    आम्दानी र खर्चको विवरण

    यो अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी १८.०९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी १ अर्ब १२ करोड ६२ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीको वित्त खर्च १५.२८ प्रतिशतले घटेर ४६ करोड ५ लाख रुपैयाँमा झरेको छ भने  ह्रासकट्टी खर्च बढेर ३१ करोड ७९ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च बढेर ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ।  

    रिजर्भ र वित्तीय स्थिति

    चौथो त्रैमाससम्मको अवधिमा कम्पनीको जगेडा कोष तीन गुणाभन्दा बढीले बढेर ४५ करोड १४ लाख रुपैयाँ पुगेको छ।  अघिल्लो वर्ष कम्पनीको जगेडा कोष १४ करोड १४ लाख रुपैयाँ रहेको थियो। यस्तै कम्पनीको कुल दायित्व ३.४७ प्रतिशतले घटेर ६८ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ भने चालु दायित्वमा ४५.४७ प्रतिशतको भारी गिरावट आएको छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ कायम भएको छ।

    प्रतिसेयर विवरण 

    यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १८.४० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११९.५० रुपैयाँ रहेको छ । त्यस्तै प्रतिसेयर कुल सम्पत्ति मूल्य ४१५.२२ रुपैयाँ र तरलता अनुपात २.०८ रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend